काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार, जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ ।
बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरुलाई वित्तीय ब्यवस्थापनमा सहयोग पुग्नेछ । जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ ।
यसैगरी, आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुको कलेज शुल्क, भिषा शुल्क लगायतका भुक्तानीका लागि विद्यार्थीहरुलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ । जापान गए पश्चात् विद्यार्थीहरुले जापानबाट आफ्नो देशमा आइएमईबाटै सरलताकासाथ पैसा पठाउन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४८ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम



.jpeg)



