काठमाडौं । नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री का अध्यक्ष अखिल चापागाईंको नेतृत्वमा रहेको नेपाली व्यवसायी प्रतिनिधिमण्डल ब्राजिलको भ्रमण गरेको छ । प्रतिनिधिमण्डलले ब्राजिलको Confederation of National Industry (CNI) का अधिकारीहरूसँग भेट गरी आपसी चासो र व्यापारिक अवसरहरूबारे छलफल गरेका छन् । उक्त अवसरमा चापागाईंले नेपालमा व्यापार र लगानीको अनुकूल वातावरण रहेको जानकारी गराउदै नेपाली व्यवसायी ब्राजिलका लगानी कर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताए ।
ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल सरकारले व्यवसायका लागि प्रदान गर्ने प्रोत्साहन र नीतिगत सुविधाहरूबारे जानकारी गराएका थिए । CNI अध्यक्ष फ्रेडरिको लामेगोले नेपाली प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्दै ब्राजिल र नेपालको व्यापारिक समुदायबीच सहकार्य र सम्पर्क विस्तारका लागि सघाउने प्रतिवद्धता जनाए । दुबै पक्षले भविष्यमा निरन्तर सम्पर्कमा रहने र सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्दै जान सहमति जनाए।
यसै क्रममा, नेपाली प्रतिनिधिमण्डलले ब्राजिलको Confederation of Commercial and Business Associations (CACB) को भ्रमण पनि गरेको छ। CACB का सुपरिन्टेन्डेन्ट श्री कार्लोस रेजेन्डे र संस्थागत सल्लाहकार सुश्री मोनिका मोन्टेइरोले प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए। ब्राजिलको परराष्ट्र मन्त्रालयका Minister-Counsellor अल्मिर नसिमेन्तो पनि उक्त भेटमा उपस्थित थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम







