नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशिलता अभिमूूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसंगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअफ उद्यमशिलता कार्यक्रमबाट १ सय भन्दा बढी नवप्रवद्र्धनहरु लावान्धित भएका थिए ।
सरकारले शुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रीया, उद्योगको प्रकृति लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई अभिमूूखीकरण दिईएको थियो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आव्हान गरेको स्टार्टअप कर्जाको प्रस्तावका लागि मंसिर ९ गते सम्मको समय तोकिएको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले स्टार्टअप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रीया, कर्जा उपलव्ध गराईने क्षेत्र लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई जानकारी दिनुभएको थियो ।
अभिमूूखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशिलताको विकास गर्नुपर्नेमा जोड दिनुुभयो । आगामी आर्थिक वर्षको बजेटमा बृद्धि गरेर स्टार्टअप कर्जालाई देशव्यापी रुपमा विस्तार गर्नुुपर्ने उहाँको भनाई छ ।

स्टार्टअप कर्जा लिएर उद्यमशिलता गरेका नवप्रर्वद्धनहरुको सफल कथाहरुलाई बाहिर ल्याउनुुपर्ने एवं उनिहरुको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुपर्ने अध्यक्ष अग्रवालले बताउनुभयो । स्टार्टअप कर्जा सम्वन्धी थप अध्ययन अनुुसन्धानमा चेम्बरले सहयोग गर्ने अध्यक्ष अग्रवालले बताउनुभयो ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले स्टार्टअप कर्जाको सदुपयोग गरी उद्यमशिलता विकास गर्नुपर्नेमा जोड दिनुभयो । महिला उद्यमशिलता सम्वन्धी अभिमूखीकरण कार्यक्रमलाई चेम्बरले निरन्तरता दिने उहा“को भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर
- मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यावसायिक सवारी कर्जाका लागि सम्झौता
- प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, भोलि दिउँसो १ बजे बस्ने



ट्रेन्डिङ
खबरमुकाम







