मोरङ । लेटाङ नगरपालिका क्षेत्रमा अवस्थित शिवशक्ति बाबा धाम पछिल्लो समय धार्मिक आस्था, आध्यात्मिक साधना तथा धार्मिक पर्यटनको केन्द्रका रूपमा परिचित बन्दै गएको छ । जाँते–लेटाङ क्षेत्रमा रहेको उक्त धाममा दैनिक रूपमा नेपालका विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन् ।
धाम परिसरमा त्रिकालेश्वर शिवालय, काली मन्दिर, हवन कुण्ड तथा ध्यानस्थल निर्माण गरिएको छ । यहाँ नियमित रूपमा पूजा–आराधना, भजन–कीर्तन, धार्मिक अनुष्ठान तथा ध्यान कार्यक्रम सञ्चालन हुने गरेको धाम व्यवस्थापन पक्षले जनाएको छ ।
धामसँग दिव्यशक्ति जगतगुरु महाराज भनेर चिनिने “शिवशक्ति बाबा”को नाम जोडिएको छ । धामको आधिकारिक विवरणअनुसार उनले लामो समय साधना गरेपछि धार्मिक तथा आध्यात्मिक सेवा सुरु गरेका हुन् । धाममा आउने भक्तजनलाई आध्यात्मिक परामर्श, ध्यान तथा “निःशुल्क दिव्य उपचार” जस्ता गतिविधि सञ्चालन गरिने दाबीसमेत गरिएको छ । विभिन्न शारीरिक समस्या, दिर्घ रोग तथा मानसिक समस्या लिएर थुप्रै मानिसहरू धाम पुग्ने गरेको बताइन्छ ।
पछिल्लो समय धाममा दैनिक रूपमा बढ्दो भक्तजन र विरामीको आगमनसँगै लेटाङ क्षेत्र धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा परिचित बन्दै गएको स्थानीयहरू बताउँछन् । विशेषगरी शनिबार, सोमबार, शिवरात्रि, तीज तथा अन्य पर्वका समयमा धाममा ठूलो भीड लाग्ने गरेको छ । सामाजिक सञ्जालमार्फत धामको प्रचार बढेसँगै पूर्वी नेपालबाहेक अन्य जिल्लाबाट पनि दर्शनार्थी पुग्न थालेका छन् ।
स्थानीय व्यवसायीहरूका अनुसार धाममा आउने आन्तरिक तथा भारतबाट आउने पर्यटकका कारण होटल, यातायात तथा साना व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ । धार्मिक पर्यटनको सम्भावना बढ्दै जाँदा लेटाङ क्षेत्रको पहिचान विस्तारमा समेत सहयोग पुगेको स्थानीयको भनाइ छ ।
धाम व्यवस्थापनले भने आफूहरू मानव सेवा, आध्यात्मिक साधना र धार्मिक चेतना फैलाउने उद्देश्यले काम गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम







