काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र भायोनेट कम्युनिकेशन लिमिटेडबीच दुरसञ्चार तथा आइटी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शिक्षा र उद्योगलाई जोड्न समझदारी (एमओयू) भएको छ । मुनाफारहित सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्दै उनीहरुलाई उद्योग र व्यवसायसँग नजिक गराउनु उद्देश्यले नेपालको अग्रणी इन्टरनेट प्रदायक संस्था भायोनेट कम्युनिकेशनसँग एमओयू गरेको हो ।
एमओयू पत्रमा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी तथा कम्प्युटर इन्जिनियरिङ विभागका सहायक प्राध्यापक कृष्ण विक्रम शाह भायोनेट कम्युनिकेशनकी कर्पोरेट सेल्स मेनेजर रञ्जु लामाले हस्ताक्षर गरेका छन् ।
एमओयूमा नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुको सीप, उद्योगको सम्पर्क र रोजगारी बढाउने लक्ष्य लिइएको छ । जस अनुसार विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउँदै उनीहरुलाई रोजगार बनाउन विशेष तालिम सञ्चालन गर्ने, दुरसञ्चार र आइटी क्षेत्रमा करियर प्लेसमेन्टहरु गरिने भनिएको छ ।
कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले भायोनेटसँगको साझेदारीले शिक्षा र उद्योग विचको खाडललाई कम गर्ने, विश्वव्यापी शिक्षाको अनुभव गर्ने तथा भविष्यका लागि बलियो सीपयुक्त जनशक्ति तयार गर्न टेवा पुग्ने बताए । विद्यार्थीको सिकाईलाई अझ प्रभावकारी बनाउन र विद्यार्थी जीवनबाटै उद्योग र व्यवसायीक क्षेत्रको अनुभव हासिल गराउन कलेजले विभिन्न व्यवसायिक संस्था र उद्योगहरुविच सहकार्य गर्दै आइरहेको छ ।
पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुमा स्नातक तथा स्नातकोत्तर तहसम्मको पढाई हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर
- मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यावसायिक सवारी कर्जाका लागि सम्झौता
- प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, भोलि दिउँसो १ बजे बस्ने



ट्रेन्डिङ
खबरमुकाम







