सुर्खेत । कर्णाली प्रदेशका नागरिकले क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सक्ने भएका छन् । कर्णालीबासीले घरबाटै क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सक्ने भएका हुन् ।
मंगलबार प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रहरी प्रमुख डीआईजी भीम प्रसाद ढकालले उक्त क्यूआर कोर्डको उद्घाटन गरेका छन् । क्यूआर कोर्ड सञ्चालनमा आएसँगै अब कर्णाली बासीले प्रहरीमा उजुरी दिनुपरे घरबाटै दिन सक्नेछन् ।
सुरक्षित कर्णाली निर्माण गर्न सात वटा अभियान सञ्चालन गरेको भन्दै ढकालले नागरिकले सुरक्षित र सहज रुपमा सुरक्षा सेवा पाउन भन्ने उद्देश्यले क्युआर सिस्टम सञ्चालनमा ल्याइएको बताए ।
‘सुरक्षाप्रतिको विश्वास बढाउन, नागरिकसँग नजिक हुन्, नागरिकलाई सहज सेवा प्रदान गर्न हामीले यो अभियान सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘नागरिकलाई सेवा लिन जाँदा दुःख नहोस् भनेर यो सेवा सुचारु गरिएको हो ।’
क्यूआर कोडमार्फत आएका गुनासालाई तिन प्रकारमा वर्गीकरण गरिएको छ । ढकालका अनुसार अति जरुरी प्रकारको उजुरी आएको खण्डमा तत्कालै एक्सन लिने, जरुरी प्रकारको भए तिन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई जानकारी दिइने छ ।
उनले उजुरीकर्ताको गोपनीयता कायम राखेर कानुनी प्रक्रिया अघि बढाइने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






