कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीको सामूहिक राजीनामा

काठमाडौं । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी सबै मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार कांग्रेसका चारै जना मन्त्रीले आफ्नो राजीनामा मुख्यमन्त्रीसमक्ष बुझाएका हुन् । उनले राजीनामा स्वीकृतिको प्रक्रिया बाँकी रहेको बताए ।

भण्डारीले राजीनामा बुझाइसकिएको जानकारी दिँदै अब औपचारिक स्वीकृतिको प्रतीक्षा रहेको उल्लेख गरे ।

यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकमै कांग्रेसका सबै मन्त्रीले सामूहिक रूपमा पदत्याग गरेको पुष्टि गरे ।

कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामासँगै कर्णाली प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ । अब प्रदेश सरकारको आगामी रणनीति र नयाँ सत्ता समीकरणबारे चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै