काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने भएको छ । शनिबार नेकपा र नेकपा (एमाले)बीच भएको सहमतिअनुसार दुवै प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्ने समझदारी बनेको हो ।
सहमतिअनुसार सुदूरपश्चिममा नेकपा संसदीय दलका नेता खगराज भट्ट र कर्णालीमा मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । उनीहरूको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया संवैधानिक व्यवस्थाअनुसार अघि बढाइने बताइएको छ ।
हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गरिरहेका छन् । दुई दलबीच सत्ता साझेदारी, मन्त्रालय बाँडफाँट र साझा कार्यक्रमका विषयमा सहमति जुटेसँगै दुवै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।
यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेकपाले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस सम्पन्न
- बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
- आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मिस नेपाल २०२६: मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतियोगी नम्बर १४ प्रतिमा खड्का मैदानमा
- शिक्षामन्त्रीको राजीनामापछि ‘कक्रोच जनता पार्टी’को आन्दोलन स्थगित
- नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन भएर सञ्चालनमा आउने
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रेन्डिङ
खबरमुकाम







