सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । बिहीबार प्रदेशसभा सचिवालयमा १६ जना प्रदेशसभा सदस्यले नेपालको संविधानको धारा १८८ (४) तथा कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम १५२ (२) बमोजिम लिखित रूपमा प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा मुख्यमन्त्री कँडेलले प्रदेशसभाको विश्वास गुमाइसकेको उल्लेख गर्दै उनलाई पदमुक्त गर्न माग गरिएको छ । साथै, संविधानको धारा १८८ (५) अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ ।
प्रस्ताव दर्ता गराउने सांसदहरूले प्रदेशसभा सचिवालयसँग आवश्यक कानुनी प्रक्रिया अघि बढाउन र नियमावलीअनुसार आगामी प्रदेशसभा बैठकको कार्यसूचीमा उक्त प्रस्ताव समावेश गरी छलफलको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
अविश्वास प्रस्तावमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीसहित राजकुमार शर्मा, कृष्णबहादुर जिसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुम्कीत लामा (कार्की), वीरबहादुर शाही, भीमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का रोका, रणसिंह परियार, हिक्मतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, विजया बुढा र कृष्णकुमार विश्वकर्माको हस्ताक्षर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





