लमजुङ । गण्डकी प्रदेशअन्तर्गत यस पहाडी जिल्लामा आधादर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । कार्यालय प्रमुख नहुँदा विगत लामो समयदेखि जिल्ला कारागार, डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पूर्वाधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र जिल्ला मालपोत कार्यालय निमित्त प्रमुखकाभरमा चल्दै आएको हो ।
यहाँ तीन वर्षभन्दा बढीदेखि सरकारले दरबन्दीअनुसारका कर्मचारी नपठाउँदा कार्यालय प्रमुख पद रिक्त हुँदै आएकाले कार्यसम्पादन र सेवा प्रवाहको स्तर सुधारमा समस्या हुने गरेको छ । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेको सेवाग्राही ईश्वरराज सेढाईंले बताए । उनले प्रमुखको छिटोछरितो र सहजरूपमा सेवा हुन नसक्नाका साथै अन्य कर्मचारीले कार्यभार सम्हाल्दा सो कर्मचारीको ठाउँ खाली भएर कामको चापसमेत बढी हुने गरेको उल्लेख गरेका छन् । जिल्ला मालपोतको निमित्त प्रमुखमा ईश्वरकमल श्रेष्ठलाई तोकिएको छ ।
त्यस्तै कारागारमा कमलापति अधिकारी, पूर्वाधार विकास कार्यालयमा विवेक सिग्देल, डिभिजन वनमा सन्तोष खनाल, जिल्ला आयुर्वेदमा सावित्री न्यौपाने, भेटेरिनरीमा डा सुनील न्यौपाने र जलस्रोतमा सागर भट्टराई निमित्त प्रमुखको जिम्मेवारीमा छन् ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्वीकृत दरबन्दी संरचनाअनुसार जनशक्ति पूर्ति हुन नसक्दा दरबन्दीभन्दा तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख बनाउनुपर्ने बाध्यता रहेको बताए । उनले भने, “दरबन्दीअनुसारको प्रमुख र अन्य जनशक्ति भएमा दैनिक सेवा प्रवाहमा सहज हुन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






