सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने

काठमाडौं । सामसङ नेपालले दशैं–तिहारको अवसर पारेर ‘Smart Upgrade घरमा, Lucky Surprise चाडमा’ अभियान सार्वजनिक गरेको छ । २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने अभियानमा सामसङका टिभी तथा होम अप्लायन्स खरिद गर्ने ग्राहकले लक्की ड्रसँगै क्यासब्याक र पक्का उपहार प्राप्त गर्न सक्नेछन् ।

अभियानअन्तर्गत सामसङको टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहकले आफ्नो खरिद दर्ता गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन् । दैनिक ३१ जना विजेता छनोट हुनेछन्। दैनिक विजेतामध्येले सामसङको ९ केजी फ्रन्टलोड वासिङ मेसिन वा ५५ इन्च UHD टिभीमध्ये एक उपहार जित्ने अवसर पाउनेछन्। त्यस्तै, हरेक साता ८ जना विजेताले सामसङ एसी जित्नेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले अभियान अवधिमा तोकिएका सामसङका सामान खरिद गरी सामानको पछाडि रहेको स्टिकरमा उल्लेखित १४ अंकको सिरियल नम्बर प्रयोग गरेर ‘Samsung [१४ अंकको सिरियल नम्बर]’ लेखी ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ। एसएमएस पठाएपछि ग्राहकले तत्कालै पुष्टिकरण सन्देश प्राप्त गर्नेछन् । विजेताको घोषणा हरेक बुधबार Image च्यानलको ‘Music of Your Choice’ कार्यक्रममा गरिनेछ भने विजेताको सूची Smart Plaza र Big Digital का फेसबुक पेजमा समेत राखिनेछ ।

क्यासब्याकसँगै थप उपहार
लक्की ड्रका अतिरिक्त चुनिएका सामसङ टिभी तथा होम अप्लायन्समा क्यासब्याक र अन्य उपहारको व्यवस्था गरिएको छ। टिभीमा २६ प्रतिशतसम्म क्यासब्याक तथा निःशुल्क साउन्डबार र छनोट गरिएका मोडलमा १२ महिनासम्म निःशुल्क NETTV प्याकेज उपलब्ध हुनेछ। रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म क्यासब्याक र ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस रहेको छ।

त्यस्तै, वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक र ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ। छनोट गरिएका वासिङ मेसिन मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्टसमेत निःशुल्क पाइनेछ।

ग्राहकले Hulas Finserve Hire Purchase Ltd. अन्तर्गत सञ्चालित Samsung Insta Finance सेवामार्फत १२ वा २४ महिनाको EMI योजनामा समेत उपकरण खरिद गर्न सक्नेछन्। पुराना उपकरण नयाँ सामसङ होम अप्लायन्ससँग एक्सचेन्ज गर्न चाहने ग्राहकले ArkoStore वा नेपालभरका अधिकृत Samsung रिटेल स्टोरमार्फत एक्सचेन्ज गर्न सक्ने व्यवस्था गरिएको छ।

अफर सीमित अवधिका लागि लागू हुने भएकाले थप जानकारी तथा सर्तका लागि नजिकको अधिकृत Samsung स्टोरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै