सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना शाखा–प्रबन्धक, प्रदेश प्रमुख तथा अन्य कर्मचारीको सहभागितामा ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स (०८२/८३)’ कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा तथा चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ । कार्यक्रममा केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत अन्तरक्रिया भएको थियो ।

बैंकका अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा सिटिजन्स बैंकका १० वटा शाखा सञ्चालनमा छन् । यसअघि बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेराटिभ्स फर बागमती प्रदेश’, कोशी प्रदेशमा ‘एक्सलरेटेड कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ तथा मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप ०८२/८३’ कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। आगामी दिनमा अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ ।

कर्जा, निक्षेप र नाफामा वृद्धि
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी बैंकको खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब १ करोड ८६ लाख रुपैयाँ पुगेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले यसअघि फोनपे–सँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकले नयाँ पुस्तालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेविङ्स अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको जनाएको छ । फ्रीलान्सरहरूलाई लक्षित गर्दै ‘फ्रीलान्सर सेविङ्स अकाउन्ट’ पनि सञ्चालनमा ल्याइएको छ ।

बैंकका अनुसार मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी–आरएन नम्बर सेवा लिन सकिने सुविधा उपलब्ध छ। यस्तै, ‘क्यास बैंक टेलर’ सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

हाल सिटिजन्स बैंकका देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ रहेका छन् । यी सञ्जालमार्फत बैंकले २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै