काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले बाढीपीडितका लागि राहत सामग्री वितरण गर्नुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ।
नाडाले २०८३ भदौ १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भीषण बाढीबाट पीडित नागरिकका लागि उपलब्ध गराएका विभिन्न प्रकारका राहत सामग्री भदौ ३ गते नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निर्मली पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरेको थियो। सो अवसरमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको नाडाले जनाएको छ।
नाडाले विगतदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद्का समयमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले नाडाले यस्ता गतिविधिलाई निरन्तरता दिँदै आएको विज्ञप्तिमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






