काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई सबैको पहुँचमा पु-याउन जरुरी रहेको बताएका छन् । नेपाल ज्योतिष परिषपद्को आज यहाँ आयोजित रजत समारोहको उद्घाटन गर्दै उनले परम्परागत ज्योतिष विद्यालाई नयाँ प्रविधिमार्फत सबैको पहुँचमा पु-याउनुपर्नेमा जोड दिए ।
“ज्योतिष विज्ञानलाई थप वैज्ञानिक बनाउन जरुरी छ, यसलाई अगाडि बढाउन सरकारले आवश्यक सहयोग गर्नेछ”, उपप्रधानमन्त्री खड्काले भने । ज्योतिष विज्ञानलाई हचुवाको भरमा प्रयोग गर्ने र जीविकोपार्जनको माध्यम बनाउन नहुने उनले बताए ।
“खगोलको बारेमा नयाँ नयाँ कुरालार्ई ज्योतिष विज्ञानमार्फत अगाडि बढाउनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भने । ज्योतिष अध्ययनलाई निश्चित कार्यविधि र मापदण्ड बनाउन जरुरी रहेको उनले उल्लेख गरे ।
विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले सरकारले ज्योतिषलाई अनुमतिपत्रको व्यवस्था मिलाउनुपर्ने बताए । उनले देशभरका १४ हजारभन्दा बढी ज्योतिष परिषद्मा आवद्ध रहेका जानकारी दिए ।
विसं २०५३ मा स्थापना भएको परिषद्ले हाल ७७ वटै जिल्ला, सात प्रदेश र उपत्यकामा आफ्नो शाखा विस्तार गरिसकेको छ । आगामी वर्ष चैत शुक्ल प्रतिपदाको दिनलाई राष्ट्रिय ज्योतिष दिवस मनाइने परिषद्का अध्यक्ष माधवराज पाण्डेले बताए । परिषद्ले रजतजयन्ती समारोहमा संस्थाको विकासमा महत्वपूर्ण योगदान पु-याएका विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






