तनहुँ । जिल्लाको भानु नगरपालिका कार्यालयले पहिराको उच्च जोखिममा रहेका एकदर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद गरेको छ । बस्ती भन्दामाथि ठूलो पहिराको जोखिममा बस्दै आएका भानु–११ राम्चेका बाह्र घरधुरीलाई सुरक्षित स्थानमा सार्न पालिकाले पहल गरेको हो ।
भूगर्भविद्, सङ्घीय सरकार, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको विपद् व्यवस्थापन समितिले उक्त क्षेत्रको अध्ययन तथा अवलोकन गरी बस्न योग्य नभएको प्रमाणित गरेपछि प्रक्रिया अघि बढाइएको भानु–११ का वडाध्यक्ष बिमलराज जोशीले बताए । उक्त क्षेत्रका सोह्र घरधुरीमध्ये बाह्र घरपरिवारको अन्यत्र कुनै पनि स्थानमा जग्गा नरहेकाले जनही रू तीन लाखका दरले रू छत्तिस लाख बराबरको जग्गा खरिद गरिएको उनले जानकारी दिए ।
“सङ्घ, प्रदेश र स्थानीय सरकारको सहभागितामा विस्थापित घरधुरीलाई जग्गा खरिद र घर निर्माण गर्न लागिएको हो”, वडाध्यक्ष जोशीले भने, “पहिलो चरणमा जग्गा खरिद गरेका छौँ । दोस्रो चरणमा घर बनाउने लक्ष्य राखेका छौँ । प्राविधिक रुपमा बस्न उपयुक्त मानिएको स्थानमा जग्गा खरिद गरी उक्त परिवारलाई पुनर्वासको व्यवस्था मिलाउन लागिएको नगरपालिकाले जनाएको छ ।
पहिरा प्रभावितको नाममा रजिष्टे«शन पास गरी जग्गा प्रदान गरिएको भानुका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । जग्गा खरिद गरेपनि जग्गाधनीलाई रकम बुझाउन बाँकी रहेकाले सङ्घीय सरकारमा रकम निकासाका लागि अनुरोध गरी पठाइएको उनले बताए ।
आर्थिक वर्ष २०७७/७८ मा अघिल्ला जनप्रतिनिधिको पालामा सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नभएकाले अहिलेको जनप्रतिनिधिले प्राथामिकता दिएर काम गर्न थालेको हो । नगरपालिकाले विपद्बाट क्षति भएका सत्तरी जनालाई रू आठ लाख पच्चीस हजार राहत उपलब्ध गराएको नगरप्रमुख त्रिपाठीले बताए । उनका अनुसार नगरपालिकाभित्र भएका स–साना विपद्का घटनामा क्षति भएकालाई उक्त सहयोग रकम प्रदान गरिएको हो ।
विपद्बाट भएका क्षतिलाई राहत उपलब्ध गराउन नगर कार्यपालिकाको बैठकले निर्णय गरी सहयोग प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम




