काठमाडौं । शरीरलाई स्वस्थ राख्न राम्रो खानपानसँगै प्रर्याप्त मात्रामा निद्राको आवश्यकता पर्दछ । तर, कतिपय मानिस आवश्यकता भन्दा धेरै सुत्छन् ।
आज हामी धेरै सुत्दा हुने नोक्सानीबारे बताउनेछौं ।
आवश्यकता भन्दा धेरै सुत्दा व्यक्तिको सुगरको लेभल बढ्न सक्छ । तपाईं दिनमा ९ घण्टा भन्दा धेरै सुत्नुहुन्छ भने यसले मधुमेह हुन सक्छ ।
आवश्यकता भन्दा धेरै सुत्नु भनेको मुटुसम्बन्धी रोगलाई निम्ता दिनु पनि हो । त्यसैले सही समयसम्म मात्र सुत्नुहोस् ।
कतिपयलाई काम नभएको अवस्थामा सुत्न मात्र मन लाग्छ । त्यसले विस्तारै मानिसमा डिप्रेशनको समस्या पनि आउन सक्छ ।
आवश्यकता भन्दा धेरै सुत्दा शारीरिक कसरतमा कमी आउँछ । जसले गर्दा तपाईं मोटोपनको शिकार पनि हुन सक्नुहुन्छ । यसले अन्य रोग पनि ल्याउँछ ।
लामो समय सुतिरहने व्यक्तिलाई उठ्ने बेला शरीर तथा टाउको दुख्ने समस्या पनि हुन्छ ।
१७ वर्षसम्मका व्यक्ति दैनिक ८ देखि १० घण्टा सुत्नुलाई सामान्य मानिन्छ । युवाले एक दिनमा ७ देखि ९ घण्टा मात्र सुत्नुपर्दछ ।
त्यस्तै ६५ वर्षदेखि माथिको उमेरका मानिस ७ देखि ८ घण्टा मात्र सुत्नुपर्दछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






