रास्वपा मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसका अवसरमा हेटौंडामा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

न्यौपानेलाई कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीमा स्वागत कांग्रेस स्वागत गरेका छन् ।

 

कांग्रेस प्रवेश गर्दै न्यौपानेले रास्वपामा देश बनाउने कुनै एजेन्डा नभएको बताएका छन् । रास्वपाले जनतालाई आश देखाएर निराश बनाइदिएकोले आफू कांग्रेसमा गएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै