प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रतिनिधिसभाको बैठकसँगै आज चारवटा संसदीय समितिका बैठकसमेत बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक तय भएको छ ।

अर्थसमितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल हुनेछ । उक्त विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग समेत छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे नै बस्नेछ । समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ । बैठकमा नेपालमा स्वदेशी तथा विदेशी एवं निजी र सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनले लगानीमा पारेको प्रभाव र लगानीको वातावरणलगायतका विषयमा छलफल गरिनेछ । राष्ट्रिय तथा प्रादेशिकस्तरमा आयोजना हुने लगानी सम्मेलनको व्यवस्थापन तथा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत र कानुनी सुधारका विषय पनि बैठकको एजेन्डामा छन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । उक्त बैठकमा ‘पुस्तकालय नीति’ को मस्यौदाका विषयमा विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै