काठमाडौं । यमनमा इरानसमर्थित हुथी विद्रोहीले रणनीतिक रूपमा महत्वपूर्ण पहाडी क्षेत्रमाथि आफ्नो नियन्त्रण विस्तार गर्ने सैन्य अभियानलाई तीव्र बनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध प्रस्तावित हवाई कारबाही अन्तिम समयमा रोक्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहेका बेला विद्रोहीको सैन्य गतिविधि बढेको हो ।
यसै महिनामा हुथी समूहले सञ्चालन गरेका विभिन्न सैन्य कारबाहीले यमनमा जारी द्वन्द्व थप जटिल बनेको छ । लाल सागरलाई अरब सागरसँग जोड्ने बाब अल(मन्देब क्षेत्रमा हुथीहरूको प्रभाव कायम रहँदा विश्वव्यापी ऊर्जा आपूर्ति तथा समुद्री व्यापारमाथि जोखिम बढेको विश्लेषण गरिएको छ ।
यसअघि शनिबार हुथीहरूले साउदी अरबको राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका थिए । घटनाका क्रममा विस्फोटको आवाज सुनिएको तथा विमानस्थल आसपास धुवाँको मुस्लो देखिएको विवरण सार्वजनिक भए पनि साउदी पक्षले उक्त घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
न्यूयोर्क टाइम्सको विवरणअनुसार साउदी युवराज मोहम्मद बिन सलमानको आग्रहपछि ट्रम्प प्रशासनले हुथीविरुद्ध सैन्य कारबाहीको तयारी गरेको थियो । रोयटर्सका अनुसार अमेरिकी सैन्य विमानमा बमसमेत लोड भइसकेको अवस्थामा ट्रम्पले अन्तिम समयमा आक्रमण रोक्न निर्देशन दिएका थिए । अमेरिकी सेन्ट्रल कमान्डले भने यस विषयमा तत्काल प्रतिक्रिया दिएको छैन ।
सन् २०१४ देखि यमनको राजधानी सानामाथि नियन्त्रण कायम गर्दै आएका हुथीहरूले पछिल्लो समय साउदी समर्थित तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका फौजविरुद्ध सैन्य दबाब बढाएका छन् । उनीहरूले लाल सागर आसपासका तटीय क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेका छन् ।
हुथी पक्षले साउदी अरबले पछिल्ला दिनमा पहाडी क्षेत्रमा ठूलो संख्यामा हवाई हमला गरेको आरोप लगाएको छ । हवाई आक्रमणका बाबजुद साउदी समर्थित सरकारी फौज पछि हटिरहेको दाबी गर्दै हुथीहरूले आफ्नो अग्रता कायम रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्लो हिंसात्मक झडपमा करिब ७०० जनाको मृत्यु भएको छ भने हजारौँ मानिस घाइते भएका छन् । हिंसाका कारण यमनभित्रै १ लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएको तथा केही मानिस समुद्री मार्ग हुँदै अफ्रिकातर्फ पलायन भएको विवरण पनि सार्वजनिक भएको छ ।
यमनी सैन्य स्रोतहरूका अनुसार हुथीहरू ताइज र लाहिज प्रान्तको रणनीतिक कहबुब पहाडी क्षेत्र कब्जा गर्ने प्रयासमा छन् । ताइजको अल–वाजियियाको बाहिरी क्षेत्रदेखि तटीय रस अल–आरा आसपाससम्म अहिले द्वन्द्व केन्द्रित रहेको बताइएको छ ।
यी पहाडी क्षेत्र नियन्त्रणमा लिन सके बाब अल–मन्देब आसपास हुथीहरूको सैन्य प्रभाव थप विस्तार हुन सक्ने देखिन्छ । धुबाब र पेरिम द्वीप आसपास आफ्नो पकड बलियो बनाउँदै नयाँ मोर्चा खोल्ने रणनीतिमा हुथी रहेको यमनी सैन्य स्रोतहरूको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







