एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

काठमाडौँ । एभरेस्ट बैंकले सुदूरपश्चिम प्रदेशमा आफ्नो बैंकिङ पहुँच विस्तार गर्दै धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा असोज ५ गते नयाँ शाखा विस्तार गर्नुका साथै सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको हो ।

नयाँ शाखा उद्घाटन समारोहमा धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुग्राम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेस्ट बैंकका शाखाको संख्या १५ पुगेको बैंकले जनाएको छ । साथै, बैंकले यसअघि रहेको सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयलाई समेत नयाँ भवनमा स्थानान्तरण गरी सम्पूर्ण सेवा सोही भवनबाट प्रदान गर्ने जनाएको छ ।

क्याम्पस चोकस्थित आफ्नै भवनबाट शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा थप विस्तार हुने तथा समग्र आर्थिक विकासमा थप योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै