खार्किभमा रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

कीएभ  । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रूसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

यूक्रेनको राजधानी कीएभ र उत्तरपूर्वी खार्किभसहित विभिन्न स्थानमा सोमबार बिहान रूसी क्षेप्यास्त्र प्रहार हुँदा १०० भन्दा बढी घाइते हुनुका साथै कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

खार्किभ अभियोजकको कार्यालयले शुक्रबार ६१ वर्षीया एक महिलाको मृत्यु भएको र उक्त सहरमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा प्रतिकार गर्ने प्रतिबद्धता जनाएका छन् । रूसको नियन्त्रणमा रहेको डोनेट्स्क क्षेत्रमा युक्रेनी अधिकारीहरूले बिहीबारको रूसी आक्रमणमा परी छ जना घाइते भएको बताएका छन् । 

दक्षिणी क्षेत्रका गभर्नर ओलेक्सान्डर प्रोकुदिनले एस–३०० क्षेप्यास्त्र आक्रमणमा परेर खेरसनमा एक व्यक्ति घाइते भएको बताएका छन् । 

उनले सन् २०२२ को अधिकांश समय रूसी सेनाको नियन्त्रणमा रहेको उक्त सहरको अग्लो आवासीय भवन र घरहरूमा क्षति पु¥याएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे । 

रूसले बारम्बार आवासीय क्षेत्रलाई लक्षित गरेको अस्वीकार गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२२ को फेब्रअरीयता यूक्रेनमा कम्तीमा १० हजार सर्वसाधारण मारिएका छन् ।

रूसले आक्रमण गरेको करिब दुई वर्षयता पूर्व र दक्षिणमा रहेका युद्धग्रस्त तथा अग्रपङ्तीका शहर र शहर नजिकका ग्रामिण इलाकामा दैनिक गोलाबारी हुने गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै