काठमाडौं । आज आइतबार कारोबार साताको पहिलो दिन अन्ततः नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४ अंकमा पुगेको हो । करिब १ बजेसम्म ओरालो लागेको बजार त्यसपछि बढेको हो । आजको कारोबारमा नेप्से न्यूनतम २०७५ अंकसम्म झरेको थियो ।
कुल ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । १७३ कम्पनीको मूल्य बढ्दा ७० को घट्यो भने ४ को स्थिर रह्यो । धेरै बढ्ने समूहमा हाइड्रोपावर अगाडि रह्यो । सो समूह १.३३ प्रतिशत बढ्यो । विकास बैंक १.२२ र अन्य समूह पनि १.३२ प्रतिशत बढे ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.८६ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ १, होटल तथा पर्यटन १०४, उत्पादन समूह २८ ले घटे । विकास बैंक ४९, फाइनान्स १४, हाइड्रोपावर ३४, जीवन बीमा ५३, लगानी ०.७३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ५७, अन्य २२ र ब्यापार समूह ५ अंक बढे ।
मिडसोलु हाइड्रोपावर, माथिल्लो मैलुङखोला, सामलिङ पावरको मूल्य १० प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ८.७, माउन्टेन हाइड्रो नेपालको ७.९, एसियन हाइड्रोपावरको ६.८, युनाइटेड मोदी हाइड्रोको ६.४ प्रतिशत मूल्य बढ्यो ।
चन्द्रागिरि हिल्सको भने सबैभन्दा धेरै ९.८ प्रतिशत मूल्य घट्यो । इनिफिनिटी लघुवित्तको ६.४, मनकामना स्मार्ट लघुवित्तको ५.१, उन्नती सहकार्य लघुवित्तको ३.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, अरुणभ्याली हाइड्रो डेभलपर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





