काठमाडाैं । जाडोमा मुलाको सेवनले शरीरमा धेरै नै फाइदाहरु हुन्छन् । हामी सबैलाई थाहा छ मुला पाचन सम्बन्धी समस्याका लागि एकदमै राम्रो विकल्प हो । यसरी नै यदी तपाईं खाली पेट मुला खानुहुन्छ भने पनि शरीरमा धेरै फाइदाहरु हुन सक्छन् ।
मुलालाई जाडो मौसमको सुपरफुड भनिन्छ । यसमा प्रोटिन, भिटामिन ए, बी, सी, आइरन, आयोडिन, क्याल्सियम, सोडियम, म्याग्नेशियम, फस्फोरस आदि राम्रो मात्रामा पाइन्छ । अब जानौं यसलाई खाली खाँदा हुने फाइदाका बारेमा–
जाडोमा हुने विभिन्न प्रकारका संक्रामक रोगहरुबाट बचाउनका लागि मुलाले राम्रो काम गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ जसले गर्दा मौसमी संक्रमणबाट जोगिन सकिन्छ ।
मुला पाचनसँग जोडिएका समस्याका लागि त रामवाण नै सावित हुन्छ । मुलामा राम्रो मात्रामा फाइबर हुने भएकाले पाचन प्रणालीलाई एकदमै तन्दुरुस्त बनाउँछ ।
जाडोमा मुलाको सेवन छालाका लागि पनि राम्रो मानिन्छ । यसले हाम्रो छालामा हुने रुखोपनबाट जोगाउँछ ।
यदी तपाईंलाई मधुमेहको समस्या छ भने पनि मुला खानु एकदमै फाइदाजनक हुन्छ । यसलाई खाँदा सुगरको मात्रा नियन्त्रित रहन्छ ।
मुलामा एंथोसायनिन नामक कम्पाउन्ड पाइन्छ यसले मुटुलाई स्वस्थ राख्ने काम गर्छ । मुटुसँग जोडिएका विमारीहरुका लागि पनि मुलाको सेवन फाइदाजनक हुन्छ ।
त्यस्तै उच्च रक्तचाप भएका व्यक्तिले पनि मुलाको सेवन गर्न सक्छन् । यसले रक्तचाप नियन्त्रणमा राम्रो काम गर्छ । यो सलाद, तरकारी आदिको रुपमा खान सकिन्छ । कहिलेकाँही अत्यधिक मात्रामा मुलाको सेवनले पेट फुल्ने समस्या पनि हुन सक्छ । त्यसैले नियमित रुपमा सीमित मात्रामा मुलाको सेवन एकदमै फाइदाजनक हुन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






