काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति पौने १० बजे मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटो आकाशे पुल नजिकै भक्तपुरबाट काठमाडौं जाने हाइवे लेनमा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
बागमती ५ ख. २५१ नं. को निशान गाडीको टायर पञ्चर भएर बाटोमा रोकिराखेको थियो। सोही दिशाबाट आउँदै गरेको प्रदेश नं. ३ -०२-००९ प ७००७ नं. को मोटरसाइकल अनियन्त्रित भई उक्त गाडीको पछाडि ठोक्किएको हो ।
दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय समन भुजेल र २० वर्षीया सोफिया ठकुरी घाइते भएका थिए ।
भुजेलको उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको राति १० बजे मृत्यु भएको डिएसपी पाठकले बताए ।
मोटरसाइकल पछाडि सवार ठकुरीको भक्तपुर इन्टरनेशनल अस्पताल ठिमीमा उपचार भइरहेको छ । दुर्घटनामा परेका दुबै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाडीका चालक फरार छन् । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






