काठमाडौं । ‘नेपाल कल्चर फेस्टिभल’ आगामी फागुन २४ र २५ गते बाँकेको नेपालगन्जमा हुने भएको छ । देशैभरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले उक्त महोत्सव गर्न लागिएको हो ।
‘अन्तराल’को आयोजना तथा व्यवस्थापनमा हुने उक्त महोत्सवमा स्थानीय संघसंस्थाले सहकार्य गर्ने भएका छन् । नेपाली मौलिक कलासंस्कृति, गीतसंगीत, नाच, लोकबाजा, वेशभूषा, खाना, भाषा र हस्तकलाको प्रवर्द्धन तथा प्रचारप्रसार गरिने सो महोत्सवका परिकल्पनाकार एवं ‘अन्तराल’का प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।
‘सुदूरपश्चिमको देउडा नृत्य र गीतदेखि पूर्वी नेपालको लिम्बू संस्कृतिमा आधारित च्याब्रुङ नाच र पालाम तथा तराइको थारू र अवधि नृत्य–गीतदेखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमाली भेगको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाडौं उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजादेखि लाखे नाचसम्म एउटै ठाउँमा प्रस्तुत हुनेछ,’ उनले भने । भाषा र संस्कृतिका अध्येता, गीत र नृत्यका अध्येता तथा चाडपर्व, रीतिरिवाजका जानकारबीच छलफल तथा अन्तर्क्रिरया गरिने उनको भनाइ छ ।
सबै जातजातिको संस्कृति प्रवर्द्धन गर्न तथा तिनको अध्ययन अनुसन्धान गर्नसमेत महोत्सव आयोजना गर्न लागिएको प्रमुख कार्यकारी शाहले बताए । ‘कतिपय परम्परागत बाजा, वेशभूषा र गहना लोप हुने अवस्थामा पुगेका छन्, पुराना पुस्ताका गीत नयाँ पुस्ताले नबुझ्ने स्थिति छ, सबैखाले संस्कृति र गीतसंगीतको साझा मञ्चका रूपमा फेस्टिभल आयोजना गर्न लागिएको हो,’ उनले भने ।
महोत्सव नेपालगन्ज रंगशालामा आयोजना गरिनेछ । उक्त महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका ब्यान्डदेखि चर्चित गायक–गायिकाको सांगीतिक प्रस्तुति रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






