काठमाडाैं । सिंहदरबारमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सकिएको छ ।
सो पार्टीको दलको बैठकमा आगामी हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने तथा जनताका मुद्दालाई कसरी उठाउने भन्नेबारेमा छलफल भएको नेता मनिष झाले बताएका छन् । उनका अनुसार विगतका बैठकको समीक्षा र आगामी बैठकको प्रस्तुतिबारे घनीभूत छलफल भएको हो ।
‘विगतमा संसदमा हाम्रो प्रस्तुति कस्तो रह्यो र आगामी दिनमा कस्तो रहन्छ ? कसरी हामी कसरी प्रस्तुत हुनेभन्नेमा घनीभूत छलफल भएको नेता झाले बताएका छन् । उनले संसद् माननीयको ब्याज लगाएर जाने ठाउँमात्रै नभएको भन्दै परीक्षा अघिको कम्माइन स्टडी जस्तैगरी छलफल भएको बताएका छन् ।
त्यस्तै सांसद निशा डाँगीले आगामी दिनमा प्राइभेट बीलका सन्दर्भमा ककसले बोल्ने भन्नेबारेमा छलफल भएको बताएकी छिन् । उनले विगत एक वर्षमा जति गर्न सकिन्थ्यो त्यो गर्न एकीकृत भएर गर्न नसकेको भन्दै त्यसलाई आगामी दिनमा सुधार गर्दै जानेबारे छलफल भएकोबताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






