पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मुल पार्न सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आज आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान’अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै उनले रोग उन्मूलन गर्न सर्वप्रथम रोग थाहा पाउनुपर्ने बताएका हुन् । “क्षयरोग निर्मुलका लागि तीन वर्षअघिदेखि सुरु भएको यो अभियानमा यस वर्ष थप एक सय वटा पालिका थपिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका बिरामी पहिचान गरी निर्मुलमा ध्यान दिन आग्रह गर्दछु । रोगको निदानका लागि जनचेतना नै महत्वपूर्ण हो, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नुपर्छ”, मन्त्री बस्नेतले भने ।
मन्त्री बस्नेतले रोग लागेपछि औषधि उपचार गर्नेभन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुहुँदै कुपोषणको सिकारबाट नागरिकलाई बचाउन ध्यान दिनुपर्ने बताए ।
उनले क्षयरोग निर्मुलका लागि सङ्घीय र प्रादेशिक सरकारभन्दा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रष्ट पारे । नेपालले भ्याक्सिन मागेर भए पनि कोभिडका विरुद्धमा लडेर विजय प्राप्त गरेको बताउँदै उनले यसका लागि लाग्ने सबैलाई धन्यवाद दिए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्र कौशलले मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत क्षयरोगबाट हुने गरेको बताउनुहुँदै समुदायको सहभागितामा यसको निर्मुल सम्भव छ भन्ने धारणा राखे ।
उनले क्षयरोगको निदान गर्न उपचारका लागि निरन्तर लगानी वृद्धि आवश्यक छ भन्दैै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि पनि विभागले निरन्तर काम गर्ने बताए । क्षयरोग निर्मुलका लागि गैरसरकारी संस्था, समुदाय, सञ्चार क्षेत्रको साझेदारी आवश्यक छ भन्दै उनले यो महत्वपूर्ण भएको र समाजमा विभेदको स्थितिको अन्त्यका लागि सामाजिक जागरण पनि चाहिने धारणा राखे ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले अभियानका विषयमा प्रस्तुतीकरण गर्नुहुँदै प्रतिवर्ष दुई सय २९ जना क्षयरोगका बिरामी भेटिने गरेको तथ्याङ्क प्रस्तुत गरे । यो रोग निर्मुलका लागि स्थानीय तहलाई जिम्मेवार बनाएर रोगको पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्य रहेको बताउँदै उनले बागमती, मधेस र लुम्बिनी प्रदेशमा क्षयरोगका बिरामी बढी देखा परेको बताए ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले यो अभियानलाई स्थानीय तहको नीति, योजना, बजेट र कार्यक्रममा प्राथमिकतामा राखेर सहयोग गरिने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम





