काठमाडौं । फागुन ३ र ४ गते जेन कन्फरेन्स १.० सम्मेलन आयोजना हुने भएको छ । निमा एकेडेमी, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा काठमाडौंको ज्ञानेश्वरमा आगामी फागुन ३ र ४ गते जेन फन्फेरेन्स १.० आयोजना गर्ने भएको हो ।
विद्यालयहरुलाई एक्काइसौं शताब्दीको प्रगतिशील नमुना विद्यालयको रुपमा विकास गर्नेगरी सम्मेलन गर्न लागिएको कार्यक्रम संयोजक जानकी शर्माले बताए । उनले जेन फन्फेरेन्स १.० सम्मेलनले शिक्षा क्षेत्रमा आवद्ध सबैलाई नयाँ टेक्नोलोजी तथा प्रविधिको विषयमा जानकारी दिन सहयोग गर्ने बताए ।
उनले सम्मेलनमा सीप तथा चुनौतिहरु सम्बन्धी छलफल र वर्कसप गरी युग सुहाउँदो बनाउने विषयमा छलफल हुने बताए । उनले प्रगतिशील विद्यालयको लागि आवश्यक पर्ने नेतृत्व विकास,शिक्षकको पेशागत,विकास र आवश्यक शिक्षण प्रविधिको पहिचान सम्मेलनको मुख्य आकर्षण रहेको बताए ।
संयोजक शर्माले सम्मेलको घोषणापत्रमा वर्तमान समयमा आवश्यक सीपयुक्त विद्यार्थी तयार पार्न कस्तो रणनीति अपनाउने भन्ने विषय समावेश गरिने बताए । उनले सम्मेलनमा ४ विधामा विषय विशेषज्ञबाट प्रस्तति दिएन १३ वटा कार्यशाला, ३६ वटा पेपर प्रश्तुत हुने बताए ।
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिव २ सय जनाको सहभागिता रहने अपेक्षा आयोजकको छ । सम्मेलनमा नेपाल तथा विदेशी प्रोफेसरहरुको प्रश्तुती रहने आयोजकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






