Dark

समाजवादी युवा संघ गण्डकी प्रदेशकाे कमिटी पुनर्गठन

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ गण्डकी प्रदेश कमिटीको पुनर्गठन भएको छ । कास्कीको पोखरामा आयोजित कार्यक्रममा रामेश्वर पराजुलीको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिमा उपाध्यक्ष देवदत्त थापा, मुख्य सचिव ज्योति परियार र सचिव ऋतु सुनार चयन भएका छन् ।

 

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यसमिति सदस्य तथा गण्डकी प्रदेश कमिटी इन्चार्ज शिवलाल थापा, पार्टीका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङ, राजन केसी, निर्मल जिजीलगायत नेताहरुको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै