काठमाडौं । पोखरामा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल हुने भएको छ । सौन्दर्य र पानीरङको राजधानी पोखरालाई शब्दको सहर बनाउने ध्येयका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करणदेखि नेपाल डिस्टिलरीको पनि साथ रहँदै आएको छ ।
कम्पनीका अनुसार ‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरुलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तक्रिया र अन्तर्संवाद सम्पन्न गर्दै आएको छ । साथै प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ साङ्गीतिक प्रस्तुति राख्दै आएको छ ।
कलाको सबैभन्दा सशक्त माध्यमका रुपमा सङ्गीतले मानिसलाई आकर्षित गर्दछ र जटिल भावनाहरुलाई अरुसम्म अभिव्यक्ति गरी मानिसहरुलाई तरङ्गित बनाउने गर्छ ।
फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलमा हामीले साङ्गीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन, प्रा.डा. धुवेशचन्द्र रेग्मी अनि उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहने कम्पनीले बताएको छ ।
साहित्यिक र साङ्गीतिक अन्वेषणको यो नौलो यात्राको सुरुवातमा यहाँहरुको सहयोगको अपेक्षा गरिएको नेपाल लिटरेटर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए । खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र सङ्गीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय निर्माणको लक्ष्य राखेको छ। यस कार्यक्रमलाई इभेन्ट एमएक्सले व्यवस्थापन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






