क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ  

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार बस्ने ३१ वर्षीय सन्जन प्रजापतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     

प्रजापतीले ७ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो । 


 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै