काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नेछन्। उक्त विधेयकलाई आजै पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै, राष्ट्रियसभामा राष्ट्रियसभा, नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
संसद्का दुवै सभामा संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित हुनेछ। बुढाथोकी नेपाली कांग्रेस पार्टीबाट विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ बाट संविधानसभा सदस्यमा निर्वाचित थिए। पूर्वसामान्य प्रशासनमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा यही माघ २२ गते उपचारको क्रममा निधन भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







