भारत भ्रमणबाट फर्कियो पर्यटन समितिको टोलि

काठमाडाै‌ं  । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोली भारतको एक साता लामो भ्रमण सम्पन्न गरेर नेपाल फर्किएको छ ।  समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलि हिजो स्वदेश फर्किएको हो । भारतीय लोकसभाको ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’को निमन्त्रणमा समितिको टोली गत १६ माघमा गएको थियो ।

यादव नेतृत्वको भ्रमण टोलीमा ८ जना सांसद र चारजना कर्मचारीको सहभागिता रहेको थियो । भ्रमणबाट फर्किएपछि समिति सभापति लगायत भ्रमणदलका सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै भारतसँग विधायिका तहमा सम्बन्ध विकास भएको जानकारी दिएका छन् ।

‘दुई देशबीचको सम्बन्धलाई सरकारको तहबाट दुवै देशका संसदको तहमा पनि बढाउने उद्देश्यले समकक्षी समितिको निमन्त्रणमा हाम्रो भ्रमण भएको हो’, सभापति यादवले भने, ‘भ्रमणले संसदको तहमा सम्बन्ध विकसित हुने र आगामी दिनमा नेपालको सरोकारका विषयहरू भारतीय संसदमार्फत सरकारलाई दबाब पुर्‍याउन सहयोग पुग्नेछ । त्यसले नेपालको चासोका मुद्दामा भारत सरकारलाई पनि जिम्मेवार बनाउन सहयोग पुर्‍याउने हाम्रो विश्वास छ ।

समितिको टोलीले दिल्लीसहित गोवा, महाराष्ट्र र उत्तरप्रदेश राज्यको पनि भ्रमण गरेका थिए । दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकर, लोकसभा सभामुख ओम बिरला, ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’ का सभापति पीआर चौधरी, राज्यमन्त्री, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँगसमेत समितिको टोलीले भेट गरेको जनाएको छ ।

समिति सभापति यादवले इन्टरेनसनल स्ट्यान्ङि कमिटीका अध्यक्ष पीआर चौधरी र अन्य सदस्यहरूसँग भएको लामो अन्तरक्रियाबाट भारतको संसदीय कार्यप्रणाली बुझ्ने र दुवै संसदका अभ्यास तथा अनुभव आदानप्रदान गर्ने अवसर मिलेको बताएका छन् ।

 

भेटका क्रममा भ्रमण टोलीका सदस्यले नेपाल र भारत दुवैले सहअस्तित्वलाई स्वीकार गर्नुपर्ने र नेपाल भारतको विकाससँगै अघि बढ्न चाहेको कुरा राखेको यादवले जानकारी दिएका छन् । ‘हामी छिमेकी मात्रै होइन, सार्वभौम, अधिकार सम्पन्न मुलुक हो । हामी तिमीहरूको विकाशसँगै हातेमालो गर्न चाहन्छौँ भनेर भन्यौँ’, यादवले भने ।

जवाफमा नेपालका निकायले पहल गरेको खण्डमा भारत सहयोग गर्न तयार रहेको पाएको उनको भनाइ रहेको छ । यादवले विदेशमन्त्री जयशंकरले भेटमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारले नेपाललाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिएको बताएका छन् । साथै, नेपालले भारतमा १० हजार मेगावाट विद्युत बेच्ने सहमतिलाई ‘गेम चेन्जर’ का रूपमा व्याख्या गर्दै त्यसले नेपालको विकासमा ठुलो टेवा पु-याउने विश्वास समेत व्यक्त गरेको यादवको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै