काठमाडौं । सूचना प्रविधि सम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउण्डेशन एलबीईएफले आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
कम्प्युटर एशोसिएसन अफ नेपाल क्यान महासङ्घसँगको सहकार्यमा फाउण्डेशनले मुलुकभरबाट छानिएका ४९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । छात्रवृत्ति सम्बन्धी सम्झौता पत्रमा एलबीईएफका अध्यक्ष पंकज जालान र क्यान महासङ्घका अध्यक्ष रणजीत पोदारले हस्ताक्षर गरे ।
सातै प्रदेशमा आर्थिक र सामाजिक रूपले पछाडि परेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति उपलब्ध गराउन लागिएको हो । लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा सूचना प्रविधि सम्बन्धी विषयमा स्नातक र स्नातकोत्तर तह सम्मको अध्ययनका लागि ४९ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गर्ने क्यान महासङ्घसँग भएको सहमतिमा उल्लेख छ ।
आर्थिक र सामाजिक दृष्टिकोणले पछाडि परेका विद्यार्थीहरूलाई मेरिटका आधारमा छनोट गर्ने कार्य भने क्यान महासङ्घले गर्नेछ । सातै प्रदेशबाट ७÷७ जना विद्यार्थीहरू क्यान महासङ्घको स्वतन्त्र छानबिन समितिले छनोट गर्ने सहमतिमा उल्लेख छ ।
आइटी विद्यार्थी छात्रवृत्ति अन्तर्गत वार्षिक रूपमा खर्च हुने २ करोड ८३ हजार रुपैयाँ बराबरको लागत रकम लर्डबुद्ध एजुकेसन फाउण्डेशनले बेहोर्ने सहमतिमा उल्लेख छ ।
फाउण्डेशनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । सूचना प्रविधि सम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसनले प्रत्येक वर्ष विभिन्न विषयमा विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सो कलेजले पढ्दै कमाउँदै नीतिलाई समेत अङ्गीकार गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






