काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमिति गठन गरेको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक बस्दै छ । उक्त बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन कांग्रेसका केन्द्रीय सस्दय बस्नेतको संयोजकत्वमा गठित उपसमितिमा पाँच सदस्य रहने जानकारी मुख्यसचिव पौडेलले दिएका छन् ।
उपसमितिमा उषा राउत मिश्र, विद्वान गुरुङ, दुजाङ शेर्पा, मेघराज टण्डन र देवेन्द्रकुमार शेरचन सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






