काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले अघि बढाएका कार्यक्रमलाई निर्धारित समयभित्रै सम्पन्न गर्नेतर्फ मातहत निकायका प्रमुखलाई निर्देशित गरेकी छिन् ।
सञ्चार मन्त्रालयमा आज आयोजित अर्धवार्षिक समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री शर्माले भनिन्, “सबैले आत्मसमीक्षा गरौँ, सकारात्मक नतिजा हासिल गर्न दृढताका साथ प्रण गरौँ ।”
चालु आर्थिक वर्ष २०८०/८१ को बाँकी अवधिसम्ममा निर्धारित काम सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री शर्माले एकअर्काको कमीकमजोरी औँल्याएर नभई जिम्मेवार भएर काम गर्नुपर्ने बताइन् । “मन्त्री र सचिवको कामजोरी भए पनि खुलस्त भन्नुहोस्, यहाँहरुले पनि आत्मसमीक्षा गर्नुहोस्”, उउनले भनिन्, “समीक्षा बैठकमा ‘हुन्छ’ भन्ने तर काम नगर्ने प्रवृत्ति स्वीकार्य छैन ।”
मातहतका कार्यालय प्रमुखको ध्यान कार्यालयभन्दा अन्यन्त्र केन्द्रित हुँदा समस्या पैदा भएको उल्लेख गर्दै मन्त्री शर्माले तोकिएको जिम्मेवारी पूरा गर्नेतर्फ ध्यानाकर्षण गराइन् । कानुनको परिधिभित्र रहेर निर्णय गर्न निर्देशन दिँदै उनले असल मनसायका साथ गरेको निर्णयलाई मन्त्रालयले अभिभावकका रुपमा जिम्मेवारी लिने स्पष्ट पारेकी छिन् ।
“अहिले पनि केही कार्यालय प्रमुख अनुसन्धानको घेरामा हुनुहुन्छ, सकारात्मक भावनाका साथ काम गर्दा डराउनु पर्दैन”, मन्त्री शर्माले भनिन् । स्रोतको सुनिश्चितता हुँदाहुँदै पनि प्राथमिकता प्राप्त आयोजनाको प्रगति न्यून हुनु गम्भीर विषय भएको उनले उल्लेख गरेकी छिन् ।
राष्ट्रिय योजना आयोगका सदस्य अनिता शाह ढुङ्गानाले स्रोतको सीमितताका बीचबाट उत्कृष्ट नतिजा निकाल्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरेकी छिन् । “जुन कार्यक्रमले तत्काल परिणाम दिन्छ, त्यसतर्फ लगानी गर्नुपर्छ” उनले भनिन् ।
मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मन्त्रालयको समग्र पूँजीगत खर्च अत्यन्त न्यून देखिनु गम्भीर विषय रहेको भन्दै पूँजीगत खर्च वृद्धि गर्ने सामथ्र्यको विकास गर्नुपर्ने बताएका छन् । पूँजीगत खर्च हुन नसक्नुका कारण खोज्नुपर्नेमा जोड दिँदै उहाँले नवप्रवर्तनका योजनालाई चाँडो कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । सचिव सुवेदीले चालु आवको बाँकी अवधिमा निश्चित कार्यतालिका बनाएर काम आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






