न्होमपेन्ह । कम्बोडियामा नौ वर्षीय बालकको बर्ड फ्लुबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले भाइरसबाट जारी खतराको चेतावनीसमेत दिएको छ । बर्ड फ्लुबाट गत वर्ष तीन जनाको मृत्यु भएको थियो ।
उत्तरपूर्वी क्र्याटी प्रान्तका ती बालक आफ्नो परिवारसँग कुखुराको मासु खाएपछि बिमारी भएका थिए । उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएको थियो र बिहीबार उनको मृत्यु भयो ।
मन्त्रालयले परीक्षणहरूबाट बालकको मृत्यु बर्ड फ्लु भाइरसको अत्यधिक रोगजनक एच५एन१ स्ट्रेनबाट भएको बताएको छ । “प्रमाणअनुसार बिरामीको घरमा पाँच वटा कुखुरा र तीन वटा हाँस मरेका छन्, उनीहरूले कुखुरा र हाँसको मासु पकाएर खाएका थिए”, मन्त्रालयले भनेको छ ।
स्वास्थ्य अधिकारीहरूले भाइरसको स्रोतको अनुसन्धान गरिहेको र थप मामिला खोजिरहेको पनि मन्त्रालयले बताएको छ । “स्वास्थ्य मन्त्रालय पुनः सबैलाई बर्ड फ्लुप्रति सतर्क रहन स्मरण गराउँछ किनकी एच५एन१ हाम्रा जनताको स्वास्थ्यका लागि खतरा बनेको छ”, मन्त्रालयले भनेको छ ।
गत वर्ष राज्यमा बर्ड फ्लुबाट दुई वर्षकी बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको थियो । सन् २०२१ को अन्त्यदेखि युरोप बर्ड फ्लुको सबैभन्दा खराब प्रकोपबाट प्रभावित भएको छ । उत्तर र दक्षिण अमेरिकाले पनि गम्भीर प्रकोपको सामना गर्नुपरिरहेको छ ।
बर्ड फ्लुका कारण संसारभरमा लाखौँ घरेलु कुखुरा मारिएको छ । तिनीहरूमध्ये धेरैमा एच५एन स्ट्रेन थिए । यसै महिनाको प्रारम्भमा चेक गणतन्त्रमा एक लाख ४० हजार कुखुरा मारिएको थियो । वैश्विक प्रकोप हजारौँ जङ्गली पक्षीहरूको मृत्युका लागि पनि जिम्मेबार छन् । एएफपी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






