काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ ।
चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपछि लामो समयसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित उक्त विभागका सबै कार्यक्रम आगामी फागुन ३ गतेदेखि बल्खुस्थित विश्वविद्यालय हाताभित्रको नयाँ भवनबाट सञ्चालित हुने विभागका प्रमुख प्रा. चिरञ्जीवी खनालले जानकारी दिए ।
त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो । प्रमुख प्रा खनालले सीमित स्रोतसाधनबीच गुणस्तरीय शिक्षा दिइँदै आएकामा विभागको पहलमा विश्वविद्यालयले भवन बनाइदिएकाले आफ्नै संरचना र पूर्वाधार विकास भएको बताए ।
सो भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययन स्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवासलगायत रहेका छन् । उक्त भवन निर्माणका लागि रु २१ करोड ५९ लाखको लगतमा भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । सो भवनको आगामी फागुन २ गते वसन्तपञ्चमीका दिन उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






