नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ बजे बस्नेगरी बोलाइएको बैठक केहीबेरमा सुरू हुने माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भूसालले जानकारी दिइन्।
बैठकमा वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल हुने उनले बताइन्।
इलाम-२ को उपनिर्वाचनमा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। गठबन्धनमै रहेको रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ।
यस्तोमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनका उम्मेदवारलाई सघाउने भन्ने विषयमा पदाधिकारी बैठकमा छलफल हुनेछ।
त्यस्तै नयाँ बनेको गठबन्धनमा प्रदेश सरकार भागबन्डाबारे पनि आजको पदाधिकारी बैठकमा छलफल हुने उपाध्यक्ष भूसालले जानकारी दिइन्।
प्रदेश सरकारबारे सोमबार बागमतीका केन्द्रीय सदस्यहरूको बैठकमा प्रदेश सरकारबारे मोटामोटी सहमति भएको ब्रिफिङ गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको छलफमा भएको सहमतिबारे केन्द्रीय सदस्यहरूलाई बताएका थिए।
आज बस्ने पदाधिकारी बैठकमा पनि सत्ता गठबन्धनबीच भएको सहमति र पार्टीको धारणाबारे छलफल हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







