Dark

पाल्पामा नुहाउन गएकी युवतीको बीभत्स हत्याः घाँटी रेटेको अवस्थामा शव

पाल्पाको रिब्दीकोटमा एक युवतीको घाटी रेटेर हत्या भएको छ ।

रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा मावि कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको बीभत्स हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो । 

उनी दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी थिइन् । पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

 

‘उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृति हेर्दा जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिन्छ’ वडाध्यक्ष पोखरेलले भने ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै