ब्रसेल्स । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् ।
गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको बताए ।
उनले गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी वैशाख २ गते अदालतको फैसलापछि निर्णय गरिने बताए ।
हाल देखिएको तीन फरक नेतृत्वको एनआरएनएलाई एक ठाउँमा राखेर सहमति प्रयत्न गर्ने र कथंकदाचित सहमति नभए सरकारले गठन गरेको छानबिन समितिले दिइसकेको प्रतिवेदन अनुसार केही दिनभित्रै टुङ्गोमा पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले विभिन्न मुलुकमा रहेको राहदानी समस्या हल गर्न परराष्ट्र मन्त्रालयमा सधैँका लागि घुम्ती स्थायी संयन्त्र बनाइएको र बढी समस्या भएका ठाउँमा कन्सुलर नियुक्ति गर्ने बताए ।
प्रधानमन्त्रीले फरक प्रसङ्गमा सरकारले तीन करोड रुपैयाँभन्दा तलका आयोजना ,परियोजना सङ्घीय सरकारले नभै प्रदेश सरकारले निर्णय लिन सक्ने गरी अगाडी जाने तयारी भैसकेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले प्रवासमा अब पार्टी र मोर्चा फरक फरक बन्ने बताइन् । प्रवास समिति अध्यक्ष ओम शर्माको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन प्रवास सचिव टिवी पाठकले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







