नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाममा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई सघाउने बताएका छन्।
पार्टीको बझाङ-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले उपनिर्वाचनमा अन्तिम समयमा एमालेलाई सघाउन माओवादी केन्द्र तयार हुने बताएका हुन्।
‘मलाई विश्वास छ–अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ।किनभने काँग्रेस जिताउन मिल्दैन,’ उनले भने।
अध्यक्ष ओलीले एमालेभन्दा बलियो अवस्थामा रहेको भए इलाम माओवादी केन्द्रलाई छोड्न तयार हुने बताए।
‘त्यो पोजिसनमा हुन्थ्यो भने हामी खुला दिलले माओवादीलाई समर्थन गर्थ्यौं। तर माओवादीको ४ हजार छ।हामी १३ हजार छौं।साँढे १३ हजार भन्दा बढि छौं हामी।त्यसकारण हामीले छोडन मिल्दैन,’ उनले भने।
ओलीले यसपालि इलाममा एमालेको प्रतिस्पर्धी नै नभएको बताए।
‘गणितले स्पष्ट देखाउँछ–हामी यसपटक कमसेकम १३ हजारबाट १६ हजार त पुग्छौं पुग्छौं।काँग्रेस १० हजारमा झर्छ।त्यो स्पष्ट छ,’ उनले भने। अरू दलले प्रतिस्पर्धै गर्न नसक्ने उनले बताए।
हिजो माओवादी र समाजवादीको घाँस र कुँडो खाएर कांग्रेस बलियो भएको तर अहिले त्यो अवस्था नभएको ओलीले बताए।
‘त्यतिबेला हामीले हराइदिएका थियौं।अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन।त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिष्पर्धी छैन,’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







