काठमाडौं । पर्यटकीय क्षेत्र नगरकोटमा १ अर्ब रुपैयाँ बढी लगानीमा लक्जरियस रिसोर्ट निर्माण हुने भएको छ ।
काभ्रेपलाञ्चोकको नाल्दुममा १ अर्ब ८ करोड ३० लाख रुपैयाँ लगानीमा क्यापिटल हिल रिसोर्ट बन्ने भएको हो ।
आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरेर क्यापिटल हिल रिसोर्टले अत्याधुनिक सु्विधा सम्पन्न रिसोर्ट निर्माण गरिरहेको हो । होटल निर्माणका लागि लगानीकर्ताले ऋण लिएएका छन् । रिसोर्ट निर्माण गर्न लगानीको अनुपात ७०:३० राखिएको छ ।
रेटिङ कम्पनी केयरका अनुसार कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।
हालसम्ममा रिसोर्ट निर्माणका लागि जग्गा अधिग्रहणको कार्य सम्पन्न भइसकेको छ । त्यस्तै अहिलेसम्ममा १९ प्रतिशत रकम संकलन भइसकेको जनाइएको छ । रिसोर्ट आगामी सन् २०२७ बाट सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।
रिसोर्टमा ८६ वटा कोठाको सुविधा हुनेछ । त्यससँगै आधुनिक सुविधा, फुड र बेभरेज सुविधा, स्वीमिङ पुल, कन्फरेन्स र बैंङ्क्वैट हल, स्पा र अन्य सुविधा हुने जनाइएको छ । रिसोर्ट माधवसुन्दर मल्लले निर्माण गर्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







