काठमाडौँ । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि आर्थिक वर्ष २०७८–२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रालिलाई सम्मानित गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।
गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित सो कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







