काठमाडौं । चौलानी ग्रुपले कैलाली जिल्लाको धनगढीमा सवा एक अर्ब लगानीमा पाँचतारे होटल निर्माण गरिरहेको छ । ग्रुपको क्लब चौलानी प्रालिले १ अर्ब २२ करोड ५० लाख रुपैयाँमा ‘लेमन ट्री होटल’ ब्राण्डमा पाँच तारे होटल निर्माण गरिरहेको छ ।
कम्पनीले चेन होटल लेमन ट्री होटल लिमिटेडसँग सम्झौता गरेर उक्त ब्राण्ड नेपाल भित्र्याएको हो । कम्पनीले होटलमा ८० वटा सुविधासम्पन्न होटल हुने जनाएको छ।
डा. राजेन्द्र केसी अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ९५ करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९३ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।
होटल निर्माणका लागि ९३ करोड ५० लाख कर्जा र २९ करोड रुपैयाँ लगानी कम्पनीले गर्नेछ । जसमा लगानीकर्ताले हालसम्म १२ करोड ७० लाख रुपैयाँ लगानी गरिसकेको छ । कम्पनीअनुसार लगानीकर्ताले प्रतिबद्धता जनाकएकोमध्ये हालसम्ममा ४३ प्रतिशत लगानी जुटाइसकेको छ ।
त्यस्तै होटल निर्माणका लागि हालसम्ममा ४७ प्रतिशत खर्च भइसकेको कम्पनीको भनाइ छ । पाँच तारे होटलमा रेष्टुरेन्ट, क्याफे, फिटनेश सेन्टर, स्वीमिङ पुल र सौनाको सुविधा दिनेछ । कम्पनीले होटल निर्माण दुई चरणमा निर्माण गर्नेछ । पहिलो चरणमा ३० वटाको स्टयान्डर्ड कोठाको सुविधासहित अल-कार्टे रेष्टुरेन्ट, थकाली रेष्टुरेन्ट, बेकरी क्याफे, स्वीमिङ पुल, व्यायामशाला, स्टिम, सौना, स्पा एण्ड कन्फरेन्स हल हुनेछ ।
दोस्रो चरणमा भने कम्पनीले ५० वटा स्ट्यान्डर्ड, डिलक्स र सुइट कोठा निर्माण गर्नेछ । साथै बैङ्क्वैट र लाइभ क्यासिनो निर्माण गर्ने जनाएको छ । कम्पनीले आगामी जुलाईबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । तर होटल पूर्णक्षमतामा भने आगामी सन् २०२५ को अक्टोबरबाट सञ्चालनमा ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ ।
सन् २०२४ मा भारतीय कम्पनी लेमन ट्री होटल्ससँग सम्झौता गरेर फ्रेनचाइज भित्र्याएको होटलले भारतीय पर्यटकलाई आकर्षण गर्ने जनाएको छ । लेमन ट्री होटल भारतको सबैभन्दा ठूलो चेन होटल हो । भारतको तेस्रो ठूलो चेन होटल भएको कम्पनीले भारतमा मात्रै ८४ वटा होटल सञ्चालन गर्दै आएको छ । कम्पनीको भारतको ५२ वटा शहरमा ८ हजार ३ सय कोठाको सुविधा दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम





