पाँचथरको फिदिम नगरपालिका १४ स्थित सुके पोखरी र लोहकिल क्षेत्र हिजोआज गुराँस ढकमक्क फुलेको छ । यस क्षेत्रमा फुलेका रङ्गी विरङ्गी गुराँसले वन र डाँडापाखा ढकमक्क बनेको हो ।
मेची राजमार्ग अन्तर्गत इलाम फिदिम सडक खण्डमा पर्ने पौवा भन्ज्याङदेखि करिब ५ किलोमिटर कच्ची सडकको यात्रापछि सुके पोखरी क्षेत्र पुग्न सकिन्छ । यस क्षेत्रमा नपुग्दै बाटोमा फुलेका गुराँसले यस क्षेत्रमा आउने जोकोहीको मन आकर्षित गर्छ ।
सुके पोखरी पुगेपछि वनै ढाकेर फुलेका गुराँसको दृश्य हेर्न आजकल पाँचथरसँगै इलाम र झापासम्मका नागरिक आइपुग्ने गरेको स्थानीय हेमन राईले बताउनुभयो । ‘यस क्षेत्रमा गुराँस हेर्न र फोटो भिडियो खिच्न दैनिक २ सय सम्म नागरिक आउने गरेका छन्, बास बस्नेगरी आउने आन्तरिक र बाह्य पर्यटकका लागि स्थानीयले होमस्टे सञ्चालन गरेर खाना बासको सुविधा दिन थालेपछि गुराँस हेर्नेको भीड लाग्न थालेको छ ।






फोटोः राधा लुइँटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







