काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ ।
आइतबारबाट सुरुभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।
लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे ।
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा ४० करोड बराबर लगानी गरिने शाहले जानकारी दिए ।
डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोत साधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न
- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटल बिच सम्झौता पत्रमा हस्ताक्षर
- नेपाल वेयरहाउजिङ्ग कंपनीको कारोवार संचालनमा
- सिटिजन्स बैंकद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान
- मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण
- ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने
- गर्मी छल्न कुपिन्डे ताल पुग्छन् आन्तरिक पर्यटक
- बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न कपन साहित्य समाजको माग