काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उहाँले नीतिगत निर्णय गर्दै २ महिनामा रिजल्ट ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको हो ।
अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्ने बताउँदैू, मन्त्री चौधरीले भन्नुभयो, "जनगुनासो चासो अनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।"
उहाँले पछिल्ला दुई महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी रिपोर्ट तयार गर्न समेत कर्मचारीलाई निर्देशन दिनुभयो ।
सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताउनुभयो । सेवाग्राहीले मन्त्रालय छ भन्ने महसुस हुनेगरी काम गर्नुपर्ने भन्दै उहाँले तर सीमित स्रोत साधनका कारण समस्या उत्पन्न भएको बताउनुभयो ।
त्यसका बाबजुद पनि बढी भन्दा बढी सेवाग्राही लाभ हुनेगरी काम गर्नुपर्ने उहाँको भनाई थियो ।
मन्त्रालयसँग सम्बन्धित विषयमा संसद्मा उठेका प्रश्नहरूको पनि सम्बोधन गर्न सम्बन्धित शाखाबिच समन्वय गर्न मन्त्री चौधरीले निर्देशन दिनुभयो ।
त्यस अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपांगता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्त्वपूर्ण भएको भन्दै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताउनुभयो ।
मन्त्रालयले काम गर्ने क्षेत्र ठुलो भएको भन्दै उहाँले जिम्मेवारी अनुसार सबै क्षेत्रमा राम्रा काम गर्नेगरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






