नारायणगढ । भरतपुर भ्रमण वर्ष २०२४ लाई मध्यनजर गर्दै चितवनका होटल तथा रेस्टुरेन्टले खानामा १५ प्रतिशत र कोठामा २५ प्रतिशतसम्म छुट दिने भएका छन् ।
होटल व्यवसायीको छाता संस्था चितवन होटल व्यवसायी संघले चितवन घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै मेनु रेटमा खानामा १५ प्रतिशत र कोठामा २५ प्रतिशतसम्म छुट दिने निर्णय गरेसँगै व्यवसायीले पनि सो छुट दिने भएका हुन् ।
संघका अध्यक्ष लोकनाथ भट्टले भरतपुर भ्रमण वर्ष घुम्न आउने पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले छुट प्याकेज घोषणा गरिएको बताए । “भरतपुर घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूले महसुस हुने गरी छुट सुविधा पाउन भन्नेमा हामी होटल व्यवसायीहरू छौँ,” उनले भने ।
पर्यटकीय सुविधा सम्पन्न भएका ६५ वटा होटलसहित भरतपुरका पाँच सय होटल र सात सय रेस्टुरेन्टमा छुट सुविधा लागु गरेका छन् । भरतपुर महानगरका पर्यटनविज्ञ डा. विश्वराज सुवेदी होटलहरूले घोषणा गरेको छुट दिएका नदिएका सम्बन्धमा पनि अनुगमन जारी रहेको बताए ।
“हामीले नगर प्रहरी नै लगाएर हरेक होटलमा छुट प्याकेजका पोस्टरहरू टास्न सुरु गरेका छौँ । अब हामी होटलहरूले त्यो लागु गरे नगरेका पनि अनुगमन गछौँ,” उनले भने ।
भरतपुरभित्रको आर्थिक कारोबारमा चलायमान गराउने उद्देश्यले भरतपुर महानगरले भरतपुर भ्रमण वर्ष २०२४ घोषणा गरेर विभिन्न कार्यक्रम गरिरहेको छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको मुख्य नगरी नै भरतपुर हो । चितवन राष्ट्रिय निकुञ्ज, धार्मिक क्षेत्र देवघाट, नारायणी, राप्ती जस्ता ठुला नदीहरूले नै भरतपुरको पर्यटन विकासमा टेवा दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






