छविलाल पाण्डे, वुटवल
बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा गत वर्षदेखि सुरु भएको साहसिक खेल मानिने स्काई साइक्लिङप्रति पर्यटकहरूको आकर्षण बढेको छ । स्काई साइक्लिङ सुरु भएको करिब एक वर्षमै २० हजार आन्तरिक तथा बाह्य पर्यटकले स्काई साइक्लिङको मज्जा लिएका छन् ।
मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का प्रमुख कार्यकारी अधिकृत अनन्तराम सिलवालले एक वर्षको बिचमा २० हजार आन्तरिक तथा बाह्य पर्यटकले स्काई साइक्लिङ चढेको बताए ।
उनले सुरुमा प्रति साइक्लिङका लागि प्रति व्यक्ति तीनसय रुपियाँ शुल्क तोकिएकोमा अहिले भने दुई सय शुल्क निर्धारण गरिएको बताए । उनले खासगरी नेपाली तथा भारतीय पर्यटक स्काई साइक्लिङप्रति आकर्षित हुने बताउँदै दैनिक सरदर ५० जनाले स्काई साइक्लिङ गर्ने बताए । नयाँ वर्ष २०८१ को दिन भने एकै दिन ३ सय २९ जनाले स्काई साइक्लिङ गरेको उनले बताए ।
विक्रम संवत् १५७५ मा निर्मित सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबारको भग्नावशेष रहेको फूलबारी घुम्न आउने पर्यटकहरूको मुख्य आकर्षण स्काई साइक्लिङ बनेको हो । प्रमुख कार्यकारी अधिकृत सिलवालले स्काई साइक्लिङ जोखिमको रूपमा समेत लिइने भएकोले दिर्घरोगी तथा मुटुका रोगीले भने साइक्लिङ गर्दा विचार पुर्याउनु पर्ने बताए ।
स्काई साइक्लिङ गर्नेहरू ७५ मिटर लम्बाई र ३२ फुट उचाइमा रहेको एउटा टावरबाट अर्को टावरमा करिब तीनदेखि पाँच मिनेटमा पुग्न सक्छन् । लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गत वर्ष वैशाख २५ गते स्काई साइक्लिङको उद्घाटन गरेका थिए ।
मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का पूर्व अध्यक्ष खेमप्रसाद लुइँटेलले अंग्रेज सेनालाई नेपाली फौजले परास्त गरेको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको ऐतिहासिक क्षेत्र मणिमुकुन्द उद्यान (फूलबारी) मा साइक्लिङको सेवा बुटवलको पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुगेको बताए ।
१२ बिघा क्षेत्रफलमा फैलिएको मणिमुकुन्द सेन उद्यान भित्र पशुपन्छी संरक्षणका लागि चिडियाखाना छ । चिडियाखानामा नीलगाई, खरायो, चितुवा, सारस, मयुर, बाज, स्याल, अजिङ्गर, मुसा, हरिण, भालु, बाँदर, हुँडार, जापानीज कुखुरा लगायतका पशुपन्छीहरू राखिएको छ । (स्रोतः गोरखापत्र)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







